काठमाडाैं । प्रतिनिधि सभाको बैठकअघि सांसदहरुले कोरोना परीक्षण गराएका छन् ।
संसद सचिवालयसँगको समन्वयमा स्वास्थ्य सेवा विभागले शुक्रबार सांसदहरुको कोरोना परीक्षण गरेको हो । विगतमा सांसदहरुको पिसिआरमार्फत् कोरोना जाँच गरिदैँ आएकोमा यसपटक एन्टिजेन परीक्षण गर्न लागिएको हो ।
सबै सांसदले कोरोना विरुद्धको खोप लिइसकेको कारण एन्टिजेन परीक्षण गरिएको हो । संसद भवन बानेश्वरमा बिहान १० बजेदेखि सांसदहरुको स्वाब संकलन भइरहेको छ । सांसदहरुलाई दिउँसो ४ बजेसम्म संसद भवनमा आउन सचिवालयले खबर गरेको छ ।
परीक्षणमा कोरोना देखिए सांसदहरुलाई होम आइसोलेसनमा पठाइनेछ । कोरोना पोजेटिभ पाइए संसद बैठकमा सहभागि नगराउने सचिवालयको तयारी छ ।




