राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण

काठमाडौं, ६ चैत । विश्वव्यापी बनेको कोरोना संक्रमणको सन्दर्भमा राष्ट्रियसभाका सदस्यहरुको ज्वरो परीक्षण गरिएको छ । बिहीबार राष्ट्रियसभाको बैठक बस्नुअघि संसद भवन बाहिर राष्ट्रियसभा सदस्यहरुको ज्वरो परीक्षण गरिएको हो ।

सांसदहरुलाई स्यानिटाइजरले हात धोएर मात्रै संसदभवन भित्र प्रवेश दिइएको थियो । राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सरकारले आफै गरेको निर्णय कार्यान्वयन नहुँदा चेकजाँच गरेर मात्रै संसदभित्र छिर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

सरकारले जनतालाई आतंक बनाउन मात्र निर्णयहरु गर्ने तर कार्यान्वयन नगर्ने उहाँले बताउनुभयो । सरकारी निर्णयले कालोबजारी व्यापक बनेको आरोप उहाँको छ ।

सांसद महेश कुमार महराले भने देशकै सर्वोच्च निकायबाट केही महत्वपूर्ण कानून बनाउनुपर्ने बाध्यताले बैठक सञ्चालन भएको बताउनुभयो । केही विधेयकहरुलाई बिहीबार र शुक्रबार टुंगो लगाएर संसद बन्द गरी सरकारी निर्णय कार्यान्वयन हुने उहाँले बताउनुभयो ।

सरकारले एकै ठाउँमा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएपनि राष्ट्रियसभा बैठक भने सञ्चालन भएको छ । सरकारी निर्णय सरकारी तहबाटै कार्यान्वयन भएको भन्दै आलोचना भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);