पर्सा । बाल विवाह गरेको तथा गराएको आरोपमा प्रहरीले पर्साका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाल विवाह गरेको तथा गराएको आरोपमा बेहुलासहित ३ जनालाई बुधबार पक्राउ गरेको हो । असार १७ गते १७ वर्षीया बालिकाको ४ वर्षीय विशाल सहनीसँग पर्साको धोरेस्थित भुटनदेवी मन्दिरमा बाल विवाह गरेको र गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने पर्साको पकाहामैनपुर गाउँपालिका–१ धोरेका २४ वर्षीय बेहुला विशाल सहनी, सोही स्थानका ६५ वर्षीय ठग सहनी र बाराका प्रसौनी गाउँपालिका–५ का ४८ वर्षीय महेश सहनी रहेका छन् ।
पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मुलुकी अपराध संहिताको दफा १७३ विपरीत विवाह सम्बन्ध कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
साथै पर्साका विभिन्न भागमा २० वर्ष पूरा नभएका युवायुवनीले वालविवाह गर्ने तथा गराउने गरेको प्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको पनि प्रहरीले जनाएको छ । बालविवाह गर्न लागेको, गरिरहेको वा गरेको जानकारी हुनेले तत्काल प्रहरीलाई खबर गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।