क्युवामा केही दशक यताकै ठूलो सरकार विरोधी प्रदर्शनमा हजारौँ सहभागी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

क्युवामा केही दशक यताकै ठूलो सरकार विरोधी प्रदर्शनमा हजारौँ सहभागी

एजेन्सी । क्युवामा केही दशक यताकै ठूलो सरकार विरोधी प्रदर्शनमा हजारौँ सहभागी भएका छन् । सरकार विरोधी प्रदर्शनमा सहभागी हजारौ मध्ये दर्जनौँ पक्राउ परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । मुलुकको अस्तव्यवस्त अर्थतन्त्र तथा खाद्यान्न, औषधिसहितको अभावबाट आक्रोशित क्युवालीहरु विरोधी प्रदर्शनमा उत्रिएका हुन् ।

यस्तै कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले गरेको कमजोर प्रयास तथा मूल्य वृद्धिका कारण पनि क्युवालीहरु सरकारसँग चिडीउका छन् । क्युवामा विरोध प्रदर्शनमा सहभागी हुनेहरुलाई कडा कारवाहीको व्यवस्था रहेकाले यस प्रकारको प्रदर्शनलाई महत्वपूर्ण मानिन्छ ।

कम्युनिष्ट मुलुक क्युवाका राष्ट्रपति मिगुइल डियाज कनालले आफ्ना समर्थकलाई प्रदर्शनकारीको प्रतिवाद गर्न आग्रह गरेका छन । सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरुले सरकार विरोधी प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन सहयोग गरेका हुन् । प्रदर्शनपछि सरकारले इन्टरनेट सेवा बन्द गरेको जनाइएको छ ।

यस्तै सुरक्षाकर्मीसँगको झडपको क्रममा फोटो पत्रकार घाइते भएका छन् । राष्ट्रपति कनालले टेलिभिजनमार्फत सम्बोधन गर्दै आफ्नो देशमा अहिले भएको प्रदर्शनमा अमेरिकाको हात रहेको आरोप लगाएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);