प्रतिनिधिसभा पुनःस्थापनाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

प्रतिनिधिसभा पुनःस्थापनाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन भईरहेको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै संसद पुनः स्थापनाको निर्णय गरेको हो । साथै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।

ओली निकट युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए ।

Leave a Reply