कोरोना संक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठाको सहयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

कोरोना संक्रमित पत्रकारलाई सञ्चार प्रतिष्ठाको सहयोग

इलाम । कोरोना संक्रमित इलामका पत्रकार बुद्धबिर राईलाई एक नम्बर प्रदेश स्तरीय प्रादेशिक सञ्चार प्रतिष्ठानले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

आइतबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सञ्चार प्रतिष्ठानले कोभिड संक्रमित पत्रकारहरुलाई उपचारमा सहयोग गर्ने कार्यक्रम अन्तर्गत पत्रकार राईलाई २५ हजार रुपैयाँ प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले बताए ।

उनले नेपाल पत्रकार महासंघ जिल्लासँगको सहकार्यमा १४ वटै जिल्लाका संक्रमित पत्रकारहरुलाई सहयोग गरिरहेको पनि जानकारी दिए । अक्सिजनमा बस्नु परेमा २५ हजार र भेन्टीलेटरमा बस्नु परे ५० हजार नगद उपचार स्वरुप हस्तान्तरण गरिने समेत बताए ।

सञ्चार प्रतिष्ठानले जिल्लामा रहेका क्रियाशिल पत्रकार र प्रमुख जिल्ला अधिकारी तथा प्रशासन प्रमुखसँग सञ्चार क्षेत्रको समस्या र समात्रानका बिषयमा छलफल समेत गरेको छ ।

पत्रकारहरुको तर्फबाट महासंघ इलाम अध्यक्ष बिप्लप भट्टराईले समस्या आफ्ना कुरा राखेका थिए । उनले पत्रकारहरुको समस्या कागजीभन्दा पनि व्यवहारिक रुपमा अघि बढाउन प्रतिष्ठानलाई आग्रह गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले कतिपय समस्या प्रतिष्ठानले र कतिपय महासंघ आफैँले समाधान गर्नुपर्ने तर्क राखे ।

कोरोना भाइरसको संक्रमणबाट इलाममा १८ जना पत्रकार संक्रमित भएको र हाल अझै ४ जना पत्रकार सक्रिय संक्रमित रहेको महासंघ इलाम शाखाका सचिव भिम चापागाइँले जानकारी दिए ।

त्यस्तै अन्य पत्रकारहरुले समेत आ–आफ्ना समस्या राखेका छन् । श्रमजिवी पत्रकारहरुले लामो समयसम्म सरकारी र ठूला मिडिया हाउसमा काम गरे पनि सँधै स्ट्रीन्जर रहनु पर्ने भएकाले गिटी कुट्ने मजदुर स्वरुप मात्र रहेको भन्दै गुनासो पोखे । साथै श्रमजिवी पत्रकारहरुले पाउनुपर्ने रकममा समेत १३ प्रतिशत भ्याट काटिने भएकाले अझ समस्यामा परेको गुनाशो गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);