प्रतिनिधिसभा विघटनको मुद्दामा अडकियो एमालेको वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रतिनिधिसभा विघटनको मुद्दामा अडकियो एमालेको वार्ता

काठमाडौँ। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा अड्किएको छ ।आइतबार विहानदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी रहेको बैठक अन्त्त सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्धामा अड्किएको हो ।

कार्यदलमा सहभागि एक नेताका अनुसार छलफल सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको विषयमा अडिएको छ ।प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा शेरबहादुर देउवासहित १४६ सांसदले रिट दिँदा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा बहस सकिएर हेर्दाहेर्दैमा राखिएको छ र सोमबारका लागि पेशी तोकिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);