कोलम्बियाले पेरुमाथि जित निकाल्दै तेस्रो स्थानमा | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

कोलम्बियाले पेरुमाथि जित निकाल्दै तेस्रो स्थानमा

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत कोलम्बियाले पेरुमाथि जित निकाल्दै तेस्रो स्थानमा हुन सफल भएकाे छ ।

पेरुलाई ३-२ ले हराउँदै कोलम्बियाले तेस्रो स्थान सुरक्षित गरेको हो। खेलको ४५ औं मिनेटमा योसिमर योटूनले गोल गर्दै पेरुले खेलमा अग्रता दिलाएको थियो ।

खेलकाे ४९ औं मिनेटमा कोलम्बियाका लागि जुआन कुआड्राडोले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै लुइस डियाजले ६६ औं मिनेटमा गोल थप्दै खेलमा अग्रता पनि दिलाए। उता पेरुका लागि जिआनलुका लपाडुलाले ८२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

लुइस डियाजले खेल सकिन लाग्दा तेस्रो गोल गर्दै जित पक्का गरे र कोलम्बिया जारी सिजनको कोपा अमेरिकाकाे तेस्रो बन्न पुग्यो ।

फाइनल खेलमा भोलि बिहान अर्जेन्टिना र ब्राजिलले प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);