अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ

pakrau

काठमाडौं । काठमाडौंको खिचापोखरी र टेकुबाट २ केजी ८ सय ८० ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका-४ घर भएका २५ वर्षीय अर्जुन लिम्बु र मकवानपुर थाहा नगरपालिका-११ बस्ने ३० वर्षीय राम तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका-२२ खिचापोखरीमा लागूऔषधको किनबेच भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले अर्जुनलाई २ सय ८० ग्राम लागूऔषध चरेश सहित पक्राउ गरी सोधपुछ गर्दा उक्त लागूऔषध राम सँग खरिद गरी ल्याएको बताए पश्चात रामलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट २ केजी ६ सय ग्राम चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);