मिनी ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

मिनी ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते

पोखरा । पोखराको मालेपाटनमा मिनी ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् । 

घाइते हुनेमा  पोखरा महानगरपालिका वडा नं- १७ घारीपाटन बस्दै आएकी  ४० वर्षीय रीता केसी रहेकी छन् । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेका छ। घाईते केसीको हाल पोखराको सृजनचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । 

बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गरेको ग१ख ९७०३ नं.को मिनी ट्रकले पैदलयात्रामा रहेकी केसीलाई ठक्कर दिंदा दुर्घटना हुन पुगेको प्रहरीको जानकारी दिए  ।

ट्रक र चालक नुवाकोटका २८ वर्षका सोमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जानकारी दिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);