देउखुरीमा नेपालको नमुना शहर बनाउछौँ : मन्त्री रिजाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

दाङ लुम्बिनी प्रदेश ग्रामिण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजालले प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा नेपालको नमुना शहर बनाउने बताएका छन् ।

बिहिवार राप्ती गाउँपालिका ३ को राप्ती प्राविधिक शिक्षालयमा रहेको मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रिजालले उक्त कुरा बताएका हुन् ।

मन्त्रालयले गर्ने काम र आगामी दिनमा गरिने कामको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रिजालले राप्ती नदीलाई व्यवस्थापन गरेर दुवै तर्फ सडक, हरितपार्क बनाउने पनि बताएका छन् ।

बुधवारदेखि राजधानी राप्ती उपत्यका देउखुरी स्थित मन्त्रालयबाट कार्यभार सम्हालेका मन्त्री रिजालले आउँदो हिउँदे अधिवेशन र संसद बैठक पनि यहिबाट गर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);