कांग्रस नेता रामशरण महतका भतिज रमेश विरुद्ध पर्यो यस्तो उजुरी ! | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

नुवाकोट । सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै खारेजीको माग सहित नुवाकोटमा उजुरी परेको छ । पन्चकन्या गाउंपालिकाको कविलासका रमेशकुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै नुवाकोटको विदुरमा रहेको १ नं. निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हाे।

महतले नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा ‘ख’ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए। राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गरि उजुरी परेको १ नं. क्षेत्र निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए।

पुर्वमन्त्री तथा कांग्रेस नेता डा. रामशरण महतका भजित रमेशकुमार महत कृषि विकास वैंक सञ्चालक समितिका सदस्य भएकाले उनको उम्मेदवारी प्रचलित कानुन विपरित रहेको भन्दै उम्मेदवारी खारेजीका लागि एमालेका ज्ञानवहादुर तामाङले उजुरी दिएका हुन्।

दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको अधिकृत लामिछानेले जानकारी दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);