स्पेनको संसद बैठक बस्ने एकदिनअगावै क्याटालानमा संसद आह्वान, अब के होला ? | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

म्याड्रिड, ७ कार्तिक । स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने विषयमा छलफल गर्न आह्वान गरेको संसद् बैठक अगावै क्याटालानमा संसद् बस्ने भएको छ।

क्याटालानलाई दिएका के-कति अधिकारहरु फिर्ता लिने भन्नेबारेमा स्पेनको संसदमा छलफल हुने अधिकारीहरुले बताएका छन्। स्पेनका प्रधानमन्त्री मारिआनो राखोइले क्याटालनको क्षेत्रीय सरकारलाई बर्खास्त गर्ने तयारी स्पेन सरकारले गरेको जानकारी यसअघि नै दिएका थिए।

उता, क्याटालोनियाको क्षेत्रीय संसदले भने आगामी बिहीबार नै क्षेत्रीय संसदको बैठक बोलाएको छ। स्पेन सरकारले उसलाई अधिकारविहीन बनाउनसक्ने अनुमान गरिएकाले अगावै यो बैठक बोलाएको अनुमान स्पेनी अधिकारीहरुको छ। स्पेनको संसद सिनेटभन्दा एक दिनअगाडि नै अर्थात् विहीबार नै बैठक बस्ने घोषणा उक्त क्षेत्रीय सरकारले गरेको जनाइएको छ।

सो क्याटालान संसदमा स्पेनको केन्द्रीय संसदले आफ्नो नियन्त्रण कायम गर्न चालेको कदमकाविरुद्धमा अथवा सो कदमप्रति के-कस्तो गृहकार्य गर्ने भन्नेबारेमा त्यस बैठकमा छलफल गरिने बताइएको छ।

क्याटालान क्षेत्रीय संसद र स्पेन सरकारकाबीचमा पछिल्लो यस समयमा शक्ति संघर्ष जारी नै रहेका बेला क्याटालान संसदले नै एकतर्फीरुपमा स्वतन्त्रताको घोषणा गर्नसक्ने अनुमानका समाचारहरु पनि आइ नै रहेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);