बगी नदीमा डुबेर १३ वर्षीया बालिकाका मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

बगी नदीमा डुबेर १३ वर्षीया बालिकाका मृत्यु

बारा। गोडैता नगरपालिका–३ सिमरा भगवतीपुरस्थित बगी नदीमा डुबेर सोही ठाउँ बस्ने सुरेन्द्र हजारीकी छोरी १३ वर्षीया रिभा हजारीको आइतबार बिहान मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गडहिया र प्रहरी चौकी मधुवनगोठबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि ५ सय मिटर टाढा उक्त नदीको किनारमा शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply