काठमाडौं । सञ्चारकर्मी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकी छन् । आइतबार उनले शिक्षा मन्त्री विरूद्ध दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।
रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विपक्षी बनाएर रिट दर्ता गराएकी हुन् । उनले दर्ता गरेको रिटमा ‘संविधान र कानुनले बर्जित जातीय भेदभाव तथा छुवाछूतजस्तो मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले नै प्रभावित पारेको दाबी गर्दे त्यस्ता व्यक्ति उपर जातीय भेदभाव तथा छुवाछुत कसुरको कानुनअनुसार कारबाहीको माग गर्दछु’ भनि उल्लेख गरेको छ ।
अनुसन्धानको प्रकृयामा रहेको घट्नालाई मन्त्री श्रेष्ठले सरकारी पद र साधान सा्रेतको समेत दुरुपयोग गर्दे प्रहरी कार्यलयमै पुगेर अनुसन्धानलाई खलल पार्ने काम गरेको भन्दै मन्त्री श्रेष्ठलाई तत्काल मन्त्रीबाट हटाउन माग गर्दे रुपा सुनारले रिट दर्ता गरेकी हुन् ।
मन्त्री श्रेष्ठविरूद्ध उजुरी दिँदा प्रहरीले लिन नमानेको भन्दै रूपाले उनीविरूद्धको उजुरी लिएर अनुसन्धान अघि बढाउने आदेश पनि उक्त रिटमा माग गरिएको छ ।
यता घरबेटी प्रधान भने श्रीमान मुकुन्दको रोहबरमा जमानतमा छुटेकी थिइन् । त्यहीबेला शिक्षा मन्त्री श्रेष्ठ उनलाई लिन महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेपछि घट्ना थप जटिल बन्दै गएको हो ।




