गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा पर्सामा वृक्षारोपण (फाेटाे फिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा पर्सामा वृक्षारोपण (फाेटाे फिचर)

पर्सा । गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आइतबार वृक्षारोपन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आइतबार वृक्षारोपन कार्यक्रमको आयोजना गरेको छ ।

फाउण्डेशन पर्साले वीरगंजको विभिन्न स्थानमा वृक्षारोपन गरेको फाउण्डेशनका सदस्य दिलिपराज कार्कीले बताए । स्व गिरिजा प्रसाद कोईरालाको ९८ औं जन्म जयन्तीको अवसरमा फाउण्डेशन पर्साले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वृक्षारोपनको र्कायक्रम सम्पन्न गरेको छ ।

साल, सिसम, बेल, सफेदा, खैर, औरा, टिक, अशोक लगायत विभिन्न प्रजातिका दुई सय २५ वटा रुखको बिरुवा रोपन गरिएको हो । वीरगंजको आईसिपि र आर्दशनगरको कबरस्थानमा वृक्षारोपन गरिएको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

फाउण्डेशन पर्साले स्व गिरिजा प्रसाद कोईरालाको जन्म जयन्तीको अवसरमा असार २० देखि २२ गते सम्म तीन दिने र्कायक्रम फाउण्डेशनको अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा बसेको बैठकले कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

असार २१ गते रक्तदान र्कायक्रम फाउण्डेशनको कार्यालय आदर्शनगर पानी ट्याँकी बिहान ७ः३० बजे गर्ने भएको छ भने असार २२ गते पर्सा जिल्लाका २ जना सक्रिय पत्रकारलाई जनही २५ हजार रुपैँयासहित सम्मान गर्ने र्निणय गरेको छ ।

Leave a Reply

ताजा समाचार