फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

फिलिपिन्समा सैन्य विमान दुर्घटना, ४० को उद्धार

एजेन्सी । फिलिपिन्समा सैन्य विमान दुर्घटना भएको छ । ९२ जना सवार सैन्या विमान आइतबार बिहान दुर्घटना भएको हो । सेना प्रमुख जनरल सिरिलितो सोबेजानाका अनुसार जलिरहेको सि–१३० विमानबाट ४० जनाको उद्धार गरी उपचार भईरहेको छ ।

विमान सवारहरु भर्खरै आधारभूत सैन्य प्रशिक्षण लिएकाहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । ती व्यक्तिहरू दक्षिण फिलिपिन्सका आतंकवादी गतिविधिहरूको लागि प्रसिद्ध टापुहरूमा खटाइनुपर्ने बताइएको छ ।

विमान सुलु राज्यको जोलो टापुमा अवतरण गर्न लागिएको समयमा दुर्घटना भएको वायु सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ । विमानमा रहेकाहरुको उद्धार अझै जारी रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रक्षा मन्त्री देल्फिन लोरेन्जानाले सो विमानमा तीन पाइलट, पाँच चालक दलका सदस्यसहित ९२ जना सवार रहेको जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);