एजेन्सी । अफगानिस्तानको बदख्वाशां प्रान्तमा अफगानी सेना र तालीबानी बिद्रोहीबीच भएको भिडन्तमा २० तालिबानी बिद्रोहीको मृत्यु भएको छ । भिडन्तमा ३ अफगानी सेनाको पनि मृत्यु भएको छ भने पाँच सुरक्षाकर्मी र दश जना तालिबानी घाइते भएका छन् ।
अफगानिस्तानबाट अमेरिकी र एटलान्टिक सहयोग संगठन नेटोका सेना फिर्ता भएसंगै तालीबानी बिद्रोहीले अफगानिस्तानका बिभिन्न क्षेत्रमा आतंकबादी हमलालाई तीब्रता दिएको छ ।
सोही क्रममा बदख्वाशां प्रान्तमा बिभिन्न आतंकबादी घटना गर्दै आएका तालीवानी बिद्रोहीमाथि अफगानी सेनाले कारबाही गर्दा उक्त दुर्घटना भएको हो ।
२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता हुन थालेको छ ।