प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख सापकोटा तर्फका अधिवक्ताहरुले बहस गर्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २८ २०८१, बुधवार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख सापकोटा तर्फका अधिवक्ताहरुले बहस गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्दै छन् ।

गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीका अधिवक्ताको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको बहसमा आज सभामुखका तर्फबाट कानुन व्यवसायीले बहस गर्न लागेका हुन् । सभामुख सापकोटा तर्फका अधिवक्ताहरुका लागि दुई घण्टा समय तोकिएको छ ।

सभामुख सापकोटातर्फका अधिवक्ताको बहस सकिएपछि रिट निवेदकका अधिवक्ताले ३ घण्टा जवाफी बहस गर्नेछन् । यस्तै एमिकस क्युरीमा रहेका चार सदस्यले अन्तिममा आफ्नो राय प्रस्तुत गर्नेछन् ।

शुक्रबारसम्म प्रतिनिधि सभा विघटन विरुद्ध रिट निवेदन दायर गर्नेतर्फबाट ३६ जना, सरकारी वकिल ११ जना र प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबीलाई अस्वीकृत गर्दै प्रतिनिधि सभा विघटन गरेपछि अहिले यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमार्फत बहस भइरहेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);