राप्रपाको महाधिवेशन आगामी कार्तिक २७ गतेदेखि ३० गतेसम्म | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

राप्रपाको महाधिवेशन आगामी कार्तिक २७ गतेदेखि ३० गतेसम्म

raprapa all

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी कार्तिक २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने भएको छ ।

राप्रपाको शनिबार बसको केन्द्रीय निर्देशन समितिको बैठकले आगामी कार्तिक २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि राप्रपाले कोरोना भाइरसको कारण देखाउँदै महाधिवेशन स्थगित गर्दै आएको थियो ।

तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नका लागि वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसैगरी सक्रिय सदस्यता वितरण पनि भाद्र मसान्तसम्म सक्ने तय गरिएको छ ।

त्यसैगरी असोज ७ सम्म सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराउने र असोज २० गतेसम्म महाधिवेशन प्रतिनिधिको निर्वाचन गरिसक्ने तय गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);