२४ घण्टामा ३ हजार ६६ जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

२४ घण्टामा ३ हजार ६६ जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा हुने ३ हजार ६६ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ३ सय २८ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ५ हजार ८ सय ३७ पीसीआर परीक्षणमध्ये १ हजार ५ सय २७ संक्रमित र ४ हजार २ सय ९६ एन्टिजेन परीक्षणबाट ८ सय १ संक्रमित गरी जम्मा २ हजार ३ सय २८ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १९ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार १ सय ९८ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

हालसम्म कोरोना विरुद्धको खोपको पूर्ण डोज लिनेको संख्या ७ लाख ५७ हजार ९ सय ६२ रहेको छ । त्यसैगरी २६ लाख ४ हजार भन्दा बढीले पहिलो डोजमात्र पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);