पृथ्वी राजमार्गमा पहिरो खस्दा, ४ सवारी पुरिए, २ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन ७ २०८१, बुधवार

पृथ्वी राजमार्गमा पहिरो खस्दा, ४ सवारी पुरिए, २ को मृत्यु

धादिङ । पछिल्लो केही दिनयता लगातार परेको वर्षापछि आएको पहिरोले ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० मा खसेको पहिरोले ट्रक पुरिँदा दुई जनाको मृत्यु भएको हो ।

ना ८ ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका–६ का १८ वर्षीय वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये चेपाङको शव ट्रकमा चेपिएको अवस्थामा फेला परेको हो । सोनीको भने पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

यसका साथै पहिरोले अन्य दुई सवारीमा पनि क्षति पु¥याएको छ । हाल पहिरो नरोकिएकाले राजमार्गमा पुरिएका सवारी साधन खोजी कार्य कठिन रहेको छ । सडक अवरुद्ध हुँदा कयौं यात्रुबाहक तथा मालबाहक सवारी साधनहरु रोकिएका छन् । सयौं यात्रुहरु पनि अलपत्र परेका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका सहित गजुरी गाउँपालिका लगायतका सडक पहिरोले अवरुद्ध भएको छ । धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे राजमार्गअन्तर्गत सिद्धलेक गाउँपालिकाका परेवाटारमा पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);