भन्सार कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी ! | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

काठमाडौँ, ७ कार्तिक । १३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए।

विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए। हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ। भन्सार कर्मचारीलाई घुस खुवाएर उनीहरूले सजिलै विमानस्थलबाट चिम्पान्जी नेपाल छिराउने गरेको अनुसन्धानमा खुलेको छ।

नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न ६ जनालाई नेपाल प्रहरीले ३१ असोजमा पक्राउ गरेको थियो। उनीहरूबाट दुईवटा चिम्पान्जी बरामद भएका थिए। सो गिरोहले भन्सार कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारी लामो समयदेखि अफ्रिकाबाट नेपालमा चिम्पान्जी तस्करी गर्दै आएको प्रहरीले जनाएको, नयाँ पत्रिकामा खबर छ।