कांग्रेसका ३ नेताले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

कांग्रेसका ३ नेताले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित

काठमाडौं । नेपाली कांग्रेसका तीन प्रभावशाली नेताहरुको भेटवार्ताले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।

नेताहरुको कार्यव्यवस्ताका कारण शुक्रबार कोईराला निवासमा हुने भनिएको केन्द्रीय सदस्यहरुसँगको छलफल स्थगित भएको हो । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीचको गएको मंगलबार भएको भेटवार्ताले शुक्रबार सभापतिको प्रत्यासी बाहेकका केन्द्रीय सदस्यहरुसँग अनौपचारिक छलफल गर्ने निर्णय गरेको थियो ।

नेता सिंहले सामाजिक सञ्जाल मार्फत आजको छलफल स्थगित भएको जानकारी गराएका हुन् । उनले लेखेका छन्–‘क्रियाशील विषय नटंगिएको र आज नै क्रियाशील सदस्यता छानविन समिति पार्टी, पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले आजका लागि हामी तीन जनाले तय गरेको केन्द्रीय सदस्यहरुसँगको अनौपचारि छलफल कार्यव्यस्तताका कारण स्थगित भएको जानकारी गराउँदछु ।’

उनले अगाडि लेखेका छन्–‘ निर्धारित मितिभित्र महाधिवेशन सम्पन्न गराउनुको विकल्प नभएकाले महाधिवेशनको वातावरण बनाउँदै आवश्यकता अुनसार भेटघाट र छलफलका क्रमहरुलाई निरन्तरता दिँदै जाने समेत सबैमा जानकारी गराउँदछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);