अमेरिकी सरकारद्धारा नेपाली सेनालाई बोर्ड मोटर हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

अमेरिकी सरकारद्धारा नेपाली सेनालाई बोर्ड मोटर हस्तान्तरण

काठमाडौँ। अमेरिकी सरकारले नेपाली सेनालाई उद्धारमा प्रयोग हुने आउट बोर्ड मोटर प्रदान गरेको छ । बिहीबार छाउनिस्थित जंगी असवाव खानामा एक कार्यक्रमकाबिच अमेरिकी सरकारले नेपाली सेनालाई सहयोग स्वरुप आउट बोर्ड मोटरसहितको चार थान उद्धार बोट उपलब्ध गराएको हो ।

अमेरिकी राजदूतावासका ओडीसी प्रमुख मेजर माइचेल पी वाइटले नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा ढुगानालाई उद्धार बोट हस्तानान्तरण गरेका हुन् ।

यो भन्दा पहिले पनि अमेरिकी सेनाले विभिन्न विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरणहरु प्रदान गर्दे आएको छ । अमेरिका सैनिकले यो बोर्ड खास गरेर विपदका समयमा उद्धार तथा राहत कार्यमा प्रयोग गर्ने उदेश्यले निर्माण गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);