परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्छ : राजबहादुर गिरी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्छ : राजबहादुर गिरी

काठमाडौं । नवनियुक्त राष्ट्रिय योजना आयोगका सदस्य राजबहादुर गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्न नसके देशलाई विकासको बाटोमा अघि बढाउन नसकिने बताएका छन् ।

बिहीबार राष्ट्रिय योजना आयोगको सदस्यको रुपमा सपथ ग्रहण गरेसँगै संक्षिप्त प्रतिक्रिया दिदैँ सदस्य गिरीले नेपालमा प्रशस्त स्रोत र साधन भएको बताए । स्रोत र साधनलाई विकासमा रुपान्तरण गर्न परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गर्नुपर्ने तर्क उनको थियो ।

सदस्य गिरीले परम्परागत ज्ञान र सिपलाई आधुनिकीकरण गरी देशलाई विकासको बाटोमा अगाडी बढाउन आफ्नो ध्यान केन्द्रीत रहने बताए । उनले भने – ‘हामीसँग प्रशस्त स्रोत, साधनहरु छ । स्रोत–साधनलाई विकासमा कसरी रुपान्तरण गर्ने यो कुरामा जबसम्म समुदायका मानिसहरुलाई परम्परागत ज्ञान, भइरहेको सिप, आधुनिकीकरण गरेर अघि बढ्न सक्दैनौँ । तबसम्म विकासमा हामी अगाडी बढ्न सक्दैनौँ । यो कुरामा रुपान्तरणका लागि मेरो ध्यान रहनेछ ।’

सदस्य गिरीले आफ्नो विज्ञता, योग्यता र अनुभवहरु राज्यको विकासका योजना बनाउने कामका लागि महत्वपुर्ण हुने वश्वास व्यक्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);