प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सरकारी वकिलको बहस जारी

काठमाडाैं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज पनि सरकारी पक्षका वकिलहरुको बहस जारी छ ।

बिहीबार सरकारी पक्षबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता अग्नि खरेलले बहस शुरु गर्नुभएको छ । बुधबार सरकारी वकिलकोे बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।

प्रधानमन्त्रीका कानुन ब्यवसायीलाई बहसका लागी ७ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि, कांग्रेस सभापति शेर बहादुर देउवा सहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ ।

प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संबैधानिक इजलासमा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);