बाँके । बाँकेको जानकी गाउँपालिका बेलासपुरमा मेसिनबाट धान रोपेर धानदिवस मनाईएको छ । जानकी गाउँपालिकाकार्यालयको सहकार्य र भूमिव्यवस्था कृषीतथा सहकारी मन्त्रालयका साथै कृषि ज्ञानकेन्द्रको आयोजनामा रोपाई महोत्सव मनाइएको होे ।
लुम्बिनी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले आधुनिक मेशिनबाट धान रोपेरे कार्यक्रम उद्घघाटन गरे । लुम्बिनी प्रदेश सर्वप्रथम विउमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको मन्त्रीयादवको भनाई छ । साथै नयाँ योजनाहरुमा पकेट एरिया बनाएर लोपोन्मुख विउलाई पनि संरक्षण गर्दैे प्रदेशमै आत्मनिर्भर विउ प्रदेश बनाउने लक्ष्य छ ।