काठमाडौं । बागमती प्रदेशसभा बैठक असार १७ बिहीबारका लागि बोलाइएको छ ।
असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेर स्थगित भएको प्रदेश सभा बैठक आगामी बिहीबारका लागि बोलाइएको हो ।
बिहीबार बस्ने प्रदेशसभा बैठकका लागि बुधबार बस्ने कार्यव्यवस्था परामर्थ समितिले कार्यसूची तय गरिने बताइएको छ ।
बैठकमा आगामी अर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेटमाथि छलफल हुने बताइएको छ । बागमती प्रदेशमा प्रतिपक्षी दलहरुले भने बजेट सार्वजनिक गरेको दुई सातासम्म पनि प्रदेशसभा बैठक नडाँकिएको भन्दै आलोचना गर्दै आईरहेका छन् ।