डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डिजिटलाइजेसनले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्नेछ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिडपछि उत्पन्न परिस्थितिमा डिजिटलाइजेसनको अभ्यास बढ्दै गएको र यसले डिजिटल अर्थतन्त्र निर्माणको युग सूरु गरेको बताएका छन् ।

मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सव कार्यक्रमलाई वेवीनार मार्फत समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले डिजिटल अर्थतन्त्रको युग सुरु भएको बताएका हुन् । उनले कोभिडपछि यसको महत्व थप बढेको उल्लेख गरे ।

डिजिटलाइजेसनको अभ्यासले आगामी दिनमा आर्थिक क्रियाकलापमा थप सहज पु¥याउने मन्त्री पौडेलको भनाई छ । उनले उद्यमशीलता वृद्धिका लागि सरकार लागि परेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनु आजको आवश्यकता रहेको औंल्याए । मन्त्री पौडेलले इन्टरनेसनलद्वारा आयोजित ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ को लोगो अनावरण समेत गरेका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पछिल्लो समय वित्तीय क्षेत्रमा बढ्दै गएको प्रविधिले अर्थतन्त्र चलायमान गराउन ठूलो सहयोग गरेको बताए । कोरोना महामारीपछि डिजिटलाइजेसनको महत्व बढेको भन्दै उनले अहिले पुँजीबजारको क्षेत्रका अधिकांश कुराहरु डिजिटलाइजेसन भएको उल्लेख गरे ।

उनले पछिल्लो समय नेपालमा सक्रिय लगानीकर्ता बढेको भन्दै बजारलाई यान्त्रीकरणमा अभ्यस्त र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले पछिल्लो समय फाइनान्सियल डिजिटलाइजेसनलाई महत्व दिएको बताए । उनले देशमा आर्थिक सवलीकरणका लागि वित्तीय साक्षरताको महत्व र आवश्यकता धेरै रहेको भन्दै वित्तीय क्षेत्रमा मिडिया इन्टरनेसनलले गरेको सहयोगको प्रशंसासमेत गरे ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पछिल्लो समय बीमा क्षेत्रमा नागरिकको विश्वास बढ्दै गएको भन्दै यसको विस्तारका लागि डिजिटलाइजेसन महत्वपूर्ण हुने बताए । समितिले हाल बीमा शिक्षालाई समुदाय स्तरमा फैलाउँदै लगेको भन्दै बीमा क्षेत्रका बारे भर्खर मानिसहरु जानकार हुन थालेको समेत उल्लेख गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);