एजेन्सी । हङकङले बेलायतबाट हुने सबै उडानमा अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ ।
कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमलाई मध्ये नजर गर्दै हङकङले बेलायतबाट हुने सबै उडान बन्द गर्ने भएको हो ।
बेलायतलाई अति जोखिम युक्त मुलुकका रुपमा सूचीकृत गर्दै सबै उडानहरुमा प्रतिबन्ध लगाउन लागेको हो । हङकङले यो प्रतिबन्ध जुलाई १ देखि लागु गर्ने छ । यस प्रतिवन्धले बेलायतमा हालै २ घण्टा मात्र समय विताउनेले समेत हङकङका लागि उडान अनुमति दिइने छैन ।
बेलायतमा पछिल्लो समय बढीरहेको कोरोना भाईरसको डेल्टा भेरियन्टको संक्रमण जोखिमको आधारमा यस्तो निर्णय गरिएको हङकङका अधिकारीहरुले बताएका छन् ।