तनाबकै बीच उत्तर कोरियाको भ्रमणमा अमेरिकी रक्षा मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८२, शुक्रबार

एजेन्सी, ६ कार्तिक । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले आफ्नो एसिया भ्रमण तालिका तय गरेका छन् । भ्रमणको पहिलो प्राथमिक्ता उत्तर कोरिया हुने उनको भनाइ छ ।

उनले यो हप्ता भ्रमणमा जाने तयारी गरिरहेको बताएका छन्।

उत्तर कोरियाको आणविक परीक्षणका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सुरक्षा चुनौती बढेकोले त्यस विषयमा एसियाली देशका रक्षामन्त्रीहरुसँग कुराकानी गर्ने उनले बताएका हुन्।

फिलिपिन्समा आयोजना गरिएको दक्षिणपूर्वी एसियाली रक्षामन्त्रीहरुको बैठकका लागि अमेरिकी रक्षामन्त्री म्याटिस फिलिपिन्स जाँदै छन्।

उनले सो बैठकमा दक्षिण कोरिया र जापानका रक्षामन्त्रीहरुसँग पनि छुट्टाछुट्टै वार्ता गर्दै छन्।

उत्तर कोरियाको यस आणविक कार्यक्रमका कारण बढ्दो सुरक्षा चुनौतीका बीच यस क्षेत्रको सेनालाई कसरी सतर्क राख्ने तथा उत्तर कोरियाका विरुद्धमा के कसरी लड्ने भन्ने बारेमा सो बैठकमा छलफल हुने जानकारी पनि उनले दिए।