गोरखा, ६ कात्तिक । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई ‘मेरा कारण’ले वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य नभएको बताएका छन् ।
गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता श्रेष्ठले भने “बाबुरामजीलाई वाम गठबन्धनमा हामीले नै सामेल गरौँ भनेर सहभागी गराएका हौ । उहाँ आफ्नै प्रवृत्तिले वाम गठबन्धन छाड्नुपरेको हो । नारायणकाजीले गर्दा उहाँ वाम गठबन्धनबाट बाहिरिएको भन्ने सत्य होइन ।”
नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराई गोरखा -२ बाट चुनाव लड्ने भएका छन् । यस क्षेत्रको निर्वाचनलाई बडो रोचकका साथ हेरिएको छ ।
गोरखा २ वामपन्थी क्रान्तिकारीको किल्ला भएको, संगठन राम्रो भएको, वाम गठबन्धनले गर्दा कार्यकर्तामा उच्च मनोबल रहेको र कार्यदिशा स्पष्ट भएकाले आफूले निर्वाचन जित्ने श्रेष्ठको तर्क छ ।




