माग सम्बोधनका लागि यातायात व्यवसायीले बुझाए विपक्षि दललाई ज्ञापनपत्र | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

माग सम्बोधनका लागि यातायात व्यवसायीले बुझाए विपक्षि दललाई ज्ञापनपत्र

काठमाडाैं । सुदुरपश्चिम प्रदेश निषेधज्ञाका कारण थला परेको यातायात क्षेत्रका माग सम्बोधनका लागि विपक्षि दललाई ज्ञापन पत्र बुझाईएको छ । दुई महिना देखि ठप्प रहेको सार्वजनिक यातायात क्षेत्र निकै मारमा परेको भन्दै व्यवसायीले सरकारलाई हार गुहार गर्दै आएको छ । तर सरकारले यातायात व्यवसायीको कुरै नसुनेकाले विपक्षि दल संग माग उठानका लागि ज्ञापन पत्र बुझाईएको हो ।

कोरोना महामारीका कारण जारी भएको निषेधाज्ञाका कारण आफ्नो व्यवसाय धरासय बनेका डडेल्धुराका सवारीधनीहरुले डडेल्धुरा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको भएपनि अहिले केहि सुनाई नभएपछि उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रा.ली.ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादीलाई ज्ञापन पत्र बुझाउदै सरकार संग माग सम्बोधनका लागि आवाज उठान गर्न आग्रह गरेको छ ।

आफ्ना माग सम्बोधन गरिदिनको लागि उग्रतारा सार्वजनिक यातायात प्रा.ली. सवारी धनि हरुले नेपाली कांग्रेस डडेल्धुरालाई ज्ञापन पत्र बुझाउदै केन्द्रिय सभापती शेरबहादुर देउवा सम्म पु¥याउन आग्रह गरेका छन । यस्तै मावोदी केन्द्र अध्यक्ष सम्म पुगाउन पनी माओवादी केन्द्र जिल्ला कमिटीलाई ज्ञापन पत्र बुझाएका छन । गत वर्ष झण्डै छ महिना ठप्प रहेको यातायात क्षेत्र यस वर्ष दुई महिना यता ठप्प छ । यातायात क्षेत्र पूर्ण रुपमा ठप्प हुदा व्यवसायी मारको परेकाले बैकको रिन कता बाट तिर्न भन्ने चिन्ताले सताएको सवारीधनीको भनाई छ ।

यस्तै सरकारले सहुलियत गर्नु पर्ने पनि व्यवसायीहरुको माग छ । सरकारले व्यवसायीको पिडामा मलहम लगाउने कुनै योजना ल्याउन सकेको छैन । यसले यातायात व्यवसायीलाई घरवार बिहिनको अवस्था सिर्जना भएको यातायात व्यवसायीको गुनासो छ । सरकारी पक्षको ध्यानाकर्षण गराउदा पनि कुनै सुनुवाई नभएकाले माग सम्बोधनका लागी विपक्षि दलहरुलाई घचघच्याउनु परेको छ ।

ज्ञापन पत्र बुझ्दै कांग्रेस डडेल्धुरा कार्यवहाक सभापती भट्टले व्यवसायीको माग सम्बोधनका लागि कांग्रेसले आवश्यक पहल गर्न बताए। व्यवयायीको माग र कार्यक्रमहरुमा कांग्रेसको साथ रहने उनको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);