काठमाडौँ। नेपाली कांग्रेसले तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न क्रियाशील सदस्यता वितरणको कामलाई टुंगो लगाउने भएको छ ।आइतबार बसेको कांग्रेस पदाधीकारी बैठले यस्तो निर्णय गरेको हो।
बैठकले समान धारणा बनाएर कांग्रेसले जारी गरेको स्थानीय वडादेखि जिल्ला तहसम्मका अधिवेशन, प्रदेश तहको अधिवेशन र महाधिवेशन तोकीएको समयमा समपन्न गर्ने गरी क्रियाशील सदस्यताको काम अघि बढाएको छ ।बैठकले आन्तरिक समायोजनमा केही जटिलता भएका कारण अवरुद्ध क्रियाशील सदस्यता इन्ट्रीको काम पनि अघि बढाएको कांग्रेसले जनाएको छ ।
पार्टीको आन्तरिक समायोजनका कारण अवरुद्ध बारा, बर्दिया, सिन्धुपाल्चोक लगायतका जिल्लामा आजदेखि काम अघि बढेको कांग्रेसले जनाएको हो ।




