प्रधानमन्त्री निवासमा एमाले स्थायी कमिटीको बैठक, नेपाल पक्षलाई नकुर्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

प्रधानमन्त्री निवासमा एमाले स्थायी कमिटीको बैठक, नेपाल पक्षलाई नकुर्ने

काठमाडौ । एमाले स्थायी कमिटीको बैठक प्रधानमनन्त्री निवास बालुवाटारमा बसेको छ । सो बैठकले मुलुकमा हाल उत्पन्न परिस्थिती, लगायतको पार्टीको आन्तरिक रणनीतिका बिषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

बैठकमा पार्टीको दशौँ महाधिवेशनको तयारीका बिषयमा समेत छलफल हुने बताईएको छ । एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने बिषयमा समेत छलफल हुने बताइएको छ । सो पार्टीले विधान अधिवेशनकालगि केही संशोधन समेत तयार गरेको छ ।

यसभन्दा अघि तयार भएको विधानमा पुरानै संविधानअनुसार २ सय ४० निर्वाचन क्षेत्रको अवधारणा रहेको छ । सो अनुसार राष्ट्रिय प्रतिनिधि परिषद्को व्यवस्था थियो । तर नयाँं संविधानअनुसार १ सय ६५ निर्वाचन क्षेत्र रहेकोले सो अनुसार तयारी गर्ने एक नेताले जानकारी दिएका छन् ।

नेपालपक्ष सडकमा, संस्थापनले नपर्खने

पुस ५ गते अर्थात प्रतिनिधिसभा विघटनपछि सडकमा आएको नेपालपक्ष सडकमा नै रहने अवस्था बलियो हुँदैछ । प्रधानमन्त्रीनिवास बालुवाटार भित्र स्थायी कमिटीको बैठक चलिरहँदा सो पार्टीको माधव नेपालपक्ष भने सडकमा भौतारिई रहेको छ । आइतबारको बैठकमा नेपाल पक्षका कुनै नेताहरुलाई नबोलाइएको एक नेताले बताए ।

स्रोतका अनुसार नयाँ सहमति नभएसम्म संस्थापन पक्षले नेपाल पक्षलाई बैठकमा भित्र्याउन चाहेको छैन । संस्थापन पक्षका एक नेताका अनुसार अब नेपाल पक्षलाई नकुर्ने रणनीति एमालेले बनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);