आफूबाट स्वास्थ्य मापदण्ड उल्लघंन भएको स्वीकार्दै बेलायतका स्वास्थ्य मन्त्री ह्यानककद्वारा राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आफूबाट स्वास्थ्य मापदण्ड उल्लघंन भएको स्वीकार्दै बेलायतका स्वास्थ्य मन्त्री ह्यानककद्वारा राजीनामा

एजेन्सी । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिएका छन् ।

कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेका ह्यानककले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

राजीनामा दिँदै ह्यानककले कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफीसमेत मागेका छन् । सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाव परेको थियो ।

यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छन् ।

बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा १८ हजार २ सय ७० जनामा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । साथै यो अवधिका थप २४ जनाको कोरोनाका कारण ज्यान गएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);