कलैया । कलैया उपमहानगरपालिकाले आ ब ०७८ / ०७९ मा १ अर्ब ५९ करोड ९३ लाख ५९ हजार ९२ रुपैयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख राजेश राय यादवले सातौ नगर सभामा निति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको समबिधान २०७२ को मार्ग निर्देशन सिधाान्त तथा बिकास नीति ,स्थानीय सरकार संचालन ऐन २०७४ योजनाको लक्ष्य , उदेश्य रणनीति तथा न्युनतम शर्त तथा सम्पादन कार्यबिधी २०६६ संघिय मामिला तथा समान्य प्रशासन एव राष्ट्रिय योजना आयोग बाट प्राप्त निर्देशन अनुसार नीति तथा कार्यक्रम बनाईएको बताए ।
नगरवासीले तिरेको कर नगरवासी कै नगर विकासको लागि भन्ने मुल उदेश्यको साथ कर संकलन तथा करदाता वृद्धि कार्यक्रमलाई प्रभावकारी बनाउने नगर प्रमुख यादवले बताएका थिए ।
समृद्ध कलैयाको अवधारणालाई साकार पार्न महानगरीय परिकल्पनाका साथ अल्पकालीन तथा दीर्घकालीन बिकासका योजनाहरु मार्फत समृध कलैया ,शुखी कलैया वासी र कृषि , पुर्वाधार समृध कलैयाको आधार निर्माण गर्ने आफ्नो लक्ष्य रहेको समेत नगर प्रमुख यादवले बताएका छन् ।
कलैया उपमहानगरपालिकाको आ ब ०७८/०७९ मा चालू खर्च तर्फ २४ करोड ५५ लाख ८० हजार रकम बिनियोजन गरिएको छ । त्यसैगरी पुजिगत तर्फ ५८ करोड १९ लाख छुटियाईएको छ । कलैया उपमहानगरपालिकाको आ ब ०७८/०७९ मा अनुमानित आय १ अर्ब ६५ करोड ९६ लाख ७९ हजार अनुमान गरिएको छ ।
कलैया उपमहानगरपालिकाको नगर प्रमुख राजेश राय यादवको सभापतित्वमा सम्पन्न भएको सातौ नगर सभामा वडा अध्यक्ष ,वडा सदस्य , कार्यपालिका सदस्य , नगरपालिकाको सम्पूर्ण कर्मचारीहरु लगायत संचारक्रमिहरुको सहभागिता रहेको थियो ।