शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१ दशमलव ६५ अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१ दशमलव ६५ अंकको गिरावट

stock_exchange_nepse-e1528283604277

काठमाडाैं । शेयर बजार परिसूचक नेप्सेमा बुधबार ५१ दशमलव ६५ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ५१ दमला ६५ अंकले घटेर २८६२ दशमलव १८ विन्दुमा झरेको छ । नेप्से परिसूचकमा गिरावटसंगै बुधबार कारोबार रकममा समेत निकै ठूलो संकुचन आएको छ ।

बुधबार कुल २ सय १८ कम्पनीका १ करोड ९४ लाख १७ हजार ५ सय ३२ कित्ता सेयर ९१ हजार ७५ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६ सय ८१ रुपैयाँको मात्र कारोबार भएको छ । गत मंगलबार १० अर्ब २८ करोड माथिको कारोबार भएको थियो । बुधबार नेप्सेमा सूचीकृत सबै समूहहरु ऋणात्मक भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);