काठमाडौं । गैर आवासिय नेपाली संघ जापानको केन्द्रिय सदस्यमा दिलिप कँडेलले उम्मेद्बारी घोषणा गरेका छन् । आधा दर्जन भन्दा बढी संघसंस्थाहरुमा नेतृत्व तहमा रहेर सफलतापूर्वक जिम्मेवारी बहन गदै आएका कँडेलले एनआरएनए जापान सुधारको लक्ष्यसहित आफुले उम्मेद्बारी घोषणा गरेको बताए ।
कँडेलले संस्थ भित्रको अपारदर्शीता आफू एक्लैले हटाउँछु भन्ने ठुला महत्वाकांक्षी नारा दिन नसक्ने भन्दै संस्था भित्रको अपारदर्शीतालाई कम गराएरै छाड्ने अठोट व्यक्त गरे । “मेरो कुनै महत्वाकांक्षी नारा छैनन् जापानबासी नेपाली नेपालीहरुका समस्यामा हातेमालो गर्दै काम गर्छु “ , उनले भने ।
युवा व्यवसायी कँडेलले संस्था भित्र भएका समस्या र नेपालीहरुले जापानमा भोग्नु परेका समस्या र चुनौती लाई आफ्नो समस्या ठानेर काम गर्ने बताए । उनले आफू पद त्याग्न तयार तर संस्था लाई गलत दिशामा जान कदापी नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।
कँडेल गल्कोट समाज जापान कान्साईको सल्लाहकार, गल्कोट समाज जापानको केन्द्रिय सदस्य समेत रहेको एनआरएनए कान्साईको मानार्थ सदस्य समेत छन् ।




