जापान । जापानमा भएको मध्यावधि निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ। डेमोक्रेटिक गठबन्धनले ३ सय १२ स्थानमा जित हात पादै दुई तिहाई सिट जितेको बीबीसीले जनाएको छ।
योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग पुग्ने बीबीसीले उल्लेख गरेको छ। जापानको प्रतिरक्षा प्रणालीसहित राष्ट्रिय सुरक्षामा परिवर्तन ल्याउने आबेको योजना छ। यो जितसँगै आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ।
साथै आबेलाई जापानी ईतिहासमा विश्वयुद्ध पछि सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्री बन्ने अवसर समेत श्रृजना भएको छ। जित हात पारेपछि प्रधानमन्त्री आबेले संक्षिप्त प्रतिक्रिया दिँदै उत्तर कोरियासँगको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताएकास छन्।
लगातार आणविक कार्यक्रम परीक्षण गर्दै आएको उत्तर कोरियाको खतरालाई ध्यानमा राख्दै प्रधानमन्त्री आबेले आकस्मिक चुनाव घोषणा गरेका थिए।