काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्काउटलाई देशभरका सामुदायिक विद्मालयहरुमा छुट्टै एकाइको रूपमा स्थापित गरिने घोषणा गरेका छन्।
स्काउट अभियानको विकास र विस्तार गर्न सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने ओलीले घोषणा गरेका हुन्।
नेपाल स्काउटको ७०औँ स्थापना दिवसको अवसरमा बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्काउटका सङ्गठनलाई संविधान अनुकूल बनाउँदै सात प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तारको तयारीमा रहेको बताए।
ओलीको शुभकामन शन्देमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्य राष्ट्र बन्न सफल भएको छ,’ ।