सिन्धुपाल्चोकका दुई गाउँपालिकालाई काठमाडौं महानगरले एक करोड सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८१, शनिबार

सिन्धुपाल्चोकका दुई गाउँपालिकालाई काठमाडौं महानगरले एक करोड सहयोग गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीबाट प्रभावित सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई नगद रकम सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले छिमेकी जिल्ला बाढीबाट प्रभावित भएको भन्दै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई नगद रकम ५०–५० लाख सहयोग गर्ने भएको हो ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी जिल्ला बाढी र डुवानबाट प्रभावित भएको भन्दै संकटको समयमा सानो सहयोग पनि महत्वपूर्ण हुने भएकाले राहत स्वरुप सहयोग गर्न लागिएको जानकारी दिए ।

यसअघि बिहीबार नगरसभाको बैठकमा नीति तथा कार्यक्रमलाई संवोधन गर्दे मेयर शाक्यले मेलम्ची नगरपालिकालाई दुई करोड रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

यो पनि पढ्नुहोस

मेचम्ची र हेलम्बुका बाढी पीडितहरुलाई काठमाडौं महानगरको २ करोड सहयोग

मेलम्ची काठमाडौं महानगरसँग सम्बन्ध अटुट रहेकाले यसअघि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले मेलम्ची नगरपालिका १० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);