दाङ । दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षीया छोरी रेश्मा बोहराको सर्पको डसाई पछि मृत्यु भएको हो ।
शुक्रबार बिहान साढे ७ बजेको समयमा गोठमा पराल लिन गएको समयमा सर्पले डसेको आमा सरिता बोहराले बताईन । गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।