काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप खरिदका लागि नेपालले तत्काल प्रक्रिया थाल्ने भएको छ ।
कोभिड–१९ व्यवस्थापन निर्देशन समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेको जानकारी दिएको बताइएको छ ।
बैठकमा तत्कालका लागि सिनोर्फमसँग १० लाख डोज खोप खरिद गरिने र पछि ३० लाख डोज खोप ल्याउने तयारी गरिएको बताइएको छ । सुरुमा ल्याइने १० लाख डोज खोप यही साउनबाट नै लगाउन सुरु गर्ने गरी ल्याइने छ ।
हालसम्म चीनले नेपाललाइ सिनोफर्म कम्पनीले उत्पादन गरेको १८ लाख डोज खोप अनुदान स्वरुप उपलब्ध गराईसकेको छ ।
पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चीनले नेपाललाई १० लाख भेरोसेल खोप अनुदान स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।