काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दैछ ।
पार्टी कार्यालय बालकुमारीमा आज बिहान साढे ११ बजेपछि बस्ने गरि बैठक बोलाइएको हो । बैठकमा वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा छलफल गरी केही महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
जसपामा बहुमत पक्षको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएपछि बस्न लागेको यादव पक्षीय बैठकलाई महत्वका साथ हेरिएको छ । बैठकमा अध्यक्ष महन्त ठाकुरसहित नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य शरतसिंह भण्डारी, अनिकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी पार्टीबाट निष्कासित भइसकेकाले बैठकमा नबोलाएको बताइएको छ ।
दुवै पक्षले एकले अर्कालाई कारबाही गरेपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको पत्रलाई आयोगले मान्यता नदिएसँगै यादव पक्ष असन्तुष्टी देखिदै आएको छ ।




