१६ औँ संस्करणको युरोकपमा बुधबार राती इटाली र स्वीट्जरल्यान्डबीच प्रतिष्पर्धा हुदैँ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

१६ औँ संस्करणको युरोकपमा बुधबार राती इटाली र स्वीट्जरल्यान्डबीच प्रतिष्पर्धा हुदैँ

एजेन्सी । १६ औँ संस्करणको युरोकपमा बुधबार राती इटाली र स्वीट्जरल्यान्डबीच प्रतिष्पर्धा हुदैँछ । युरोकपको समुह ‘ए‘ अन्र्तगतको खेलमा ओलम्पिको स्टेडियममा इटालीले स्विट्जरल्यान्डको सामना गर्दैछ ।

नेपाली समयअनुसार मध्यराति १२ः४५ मा इटाली र स्विट्जरल्यान्डको खेल हुन लागेको हाृ । पूर्व विजेता इटालीले टर्कीलाई ३–० ले हराउँदै आफुलाई यस प्रतियोगिताको दाबेदारका रुपमा उभ्याएको छ । इटालीले पछिल्ला ९ खेलमा लगातार जित हासिल गरेको छ, यसक्रममा उसले २८ गोल गरेको छ भने कुनै पनि गोल खाएको छैन ।

अर्कोतर्फ, पहिलो खेलमा वेल्ससँग एक–एक गोलको बराबरी खेलेको स्वीट्जरल्यान्डलाई पनि प्रतियोगिताको अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन यो खेल जित्नुपर्ने आवश्यकता छ । स्विट्जरल्यान्डले पनि प्रतियोगिताको छनोटमा निकै उत्कृष्ट खेलेको थियो । स्विट्जरल्यान्डले खेलेका पछिल्ला ६ खेलमध्ये ५ खेल जितेको छ भने एक खेल बराबरीमा टुंगिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);