एजेन्सी । युरोकप फुटबलमा अष्ट्रियाले विजयी शुरुवात गरेको छ ।
रोमानियाको बुचारिस्टमा आइतबार राति सम्पन्न खेलमा नर्थ म्यासेडोनियालाई ३–१ गोलले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो । अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।
म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए । युरोपियन च्याम्पियनसिपमा अष्ट्रियाको यो पहिलो जित हो । यसअघि अष्ट्रियाले जित निकाल्न सकेको थिएन ।
जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहेको अष्ट्रियाले ३ अंक जोडेको छ ।