प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, आज ३२ जिल्लामा मनोनयन दर्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ५ कार्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आज (आइतबार) उम्मेदवार मनोनयन पत्र दर्ता हुँदैछ। मंसिर १० गते हुने पहिलो चरणको निर्वाचन ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा आज उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

पहिलो चरणको निर्वाचन सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङ्गा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा हुनेछ।

मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ। उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ। प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचन प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानूनी व्यवस्था रहेको छ।

पहिलो चरणको चुनावमा ३२ लाख २८ हजार ८७९ मतदाता छन् भने चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);