कास्की । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा नगुमाउने बताएका छन् ।
आइतबार सरकारी निवास छोड्न अघि गरिएको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले यस्तो बताउदैँ कसैको दबाबमा घुँडा नटेक्ने बताएका हुन् । नेकपा विवादित बन्दा आफ्नो सत्ता गुमेको गुरुङको भनाई छ ।
यसका साथै गुरुङले संघीयताको सही अर्थ जनता सामु प्रस्तुत गर्नका लागि स्थिर सरकारको खाँचो रहेको र त्यसका लागि सबै राजनीतिक दल तथा नेताहरुले आफ्ना प्रवृत्ति सुधार गर्नु पर्नेमा जोड दिएका छन् ।
गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धनको सरकार लामो समय नटिक्ने समय बताएका छन् । उनले अहिलेको सरकारको भविष्य स्थिर नदेखिएको टिप्पणी गरेका हुन् ।